काठमाडौँ । सुर्खेतस्थित सामुदायिक वनको रकम दुरुपयोग गरेको आरोपमा रास्वपा कर्णालीका सहमहामन्त्री हरिप्रसाद अधिकारीसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालिका सामुदायिक वन उपभोक्ता समितिको १२ लाखभन्दा बढी रकम अनियमित रूपमा खर्च गरिएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोप अनुसार समितिका पदाधिकारीहरूले बिना निर्णय रकम खर्च…