काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले विनियोजन विधेयक माथिको छलफलमा स्वास्थ्यमन्त्री सदनमा नदेखेपछि रोष्टममा उभिएर मन्त्रीको खोजी गरेका छन् । उनले अर्थ मन्त्रालय नेपालीको नभई विदेशीको एजेण्टजस्तो बनेको भनेर आरोप पनि लगाए । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि खर्च कटौती प्रस्ताव पेश गर्न संसद्को रोष्टममा पुगेका सांसद सिंहले स्वास्थ्यमन्त्रीलाई नदेखेपछि केही समय…