काठमाडाैं । नवौँ संस्करणको टी–२० विश्वकपअन्तर्गत बुधबार हुने भनिएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि दुबै टोलीले १–१ अंक बाँडेका छन् । तीन खेल खेलेर १ अंक मात्र जोडेको श्रीलंकन टोली समुह चरणबाटै बाहिरिसकेको छ भने नेपाल एक खेलमा हार र अर्को खेलमा अंक बाडेका कारण सुपर ८ को सम्भावनालाई जिवितै रहेको छ…