काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा नेपालविरूद्ध खेलिरहेको दक्षिण अफ्रिकालाई तेस्रो झट्का लागेको छ। नेपालका कुशल भुर्तेलले दक्षिण अफ्रिकाका हेनिरिच क्लासेनको विकेट लिएका हुन्। भुर्तेलले यस अगाडिपनि दक्षिण अफ्रिकाका कप्तानको विकेट लिएका थिए। यस अगाडि दीपेन्द्रसिंह ऐरीले चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका क्विन्टल डिककलाई १० रनमा क्याच आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए।…