काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभाको १५औं अधिवेशनमा महानगरको समग्र क्षेत्रको समुन्नति र संरक्षणका लागि वृहत कार्यक्रम प्रस्तुत गरिएको छ । प्रमुख बालेन शाहले महानगरको आगामी नीति भनेर सबै कार्यक्रमहरुको आधारका रुपमा यस्तो सूत्रवध्द खाका प्रस्तुत गरेका छन्, जस्तो कि— ‘सांस्कृतिक शहर, समृध्द महानगर’ को परिकल्पनालाई साकार पार्न नेपालको संविधान तथा कानूनले प्रत्याभूत गरेको स्थानीय सरकारको…