काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले संगठनको मर्यादा कायम राखेर काम गर्न सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन्। उनले बुधबार मधेशस्तरीय सुरक्षा गोष्ठीपछि त्यहाँ रहेका सुरक्षा चुनौती र समस्याहरूको पहिचान भएको भन्दै अब उपलब्ध साधनश्रोत र जनशक्तिका आधारमा समाधानको पहल गर्न निर्देशन दिएका हुन्। सीमा क्षेत्रमा खटिएकाहरूको स्रोत र साधनको समस्यालाई सरकारले समाधान गर्ने उनले बताए।…