काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद बिमला घिमिरे निर्वाचित भएकी छन् । उनले कांग्रेसकी उम्मेद्वार विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएकी हुन्। राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मतविभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएकाे सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन् । मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी भएका…