काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालु्वाटारमा बसेको सभामुखसहित शीर्ष दलका नेताको बैठक निष्कर्षविहीन भएको छ। कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहाकारी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान र सत्तापक्षका दलहरूले छानबिन समितिको आवश्यकता नरहेको अडानबाट पछाडि नहट्दा बैठक निष्कर्षविहीन बनेको हो। बैठकमा प्रधानमन्त्री दाहालसहित सभामुख देवराज घिमिरे, कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा,…