काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नेपाली सेनाद्वारा सोमबार टुँडिखेलमा आयोजित घोडेजात्रा समारोहमा सहभागी भएका छन्। समारोहमा सेनाद्वारा प्रदर्शन गरिएको अश्वकलाको पनि उनले अवलोकन गरे। सो अवसरमा घोडा दौड़, जम्पलगायत विभिन्न रोचक कला प्रदर्शन गरिएको थियो। समारोहमा उपराष्ट्रपति राजसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उच्च…