कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले जनताको आधारभूत आवश्यकता पूरा गर्ने योजना निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। कर्णाली प्रदेश योजना आयोग वीरेन्द्रनगर सुर्खेतद्वारा प्रथम पञ्चवर्षीय समीक्षा र दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका लागि शनिबार आयोजित ‘आवधिक योजना तर्जुमा निर्देशक समितिको विस्तारित बैठक’लाई सम्बोधन गर्दै मुख्यमन्त्री शर्माले जनताका आवश्यकतालाई केन्द्र भागमा राखेर योजना बनाउने कार्यलाई प्राथमिकतामा…