धनगढी। नेकपा एमाले कैलाली कमिटीको नवौँ जिल्ला अधिवेशनमा पाँच दिनपछि शुक्रबार मतदान हुँदैछ। अधिवेशनको गत आइतबार अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए। तर यसबीचमा सर्वसहमतिको प्रयास भन्दै पाँच दिनसम्म अलमल गरिएको थियो। प्रतिनिधिहरु विरोधमै उत्रिन थालेपछि शुक्रबार मतदान भइरहेको हो। अधिवेशन उद्घाटन भएपछि छैटौँ दिन शुक्रबार विहानबाट मतदान सुरु भएको हो। अध्यक्षमा यज्ञराज ढुङ्गाना,…