काठमाडौं। नेकपा एमालेले आगामी वर्षलाई पार्टीको शुद्धीकरण र सुदृढीकरणको वर्षका रुपमा मनाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा तीन दिनसम्म चलेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई थप उचाइमा पुर्याउन अगामी वर्षमा शुद्धीकरण र सुदृढीकरणको अभियान चलाउने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। उनका अनुसार राष्ट्र र जनसरोकारको मुद्दामा जनदबाब र जनपरिचालनको एजेण्डा छिटै सार्वजनिक हुनेछ।…