काठमाडौं। नेपाली कांग्रसका सभापति गगन थापाले पदबाट राजिनामा दिएका छन् । हालै सम्पन्न निर्वाचनमा अप्रत्यासिह हार व्यहोर्नुपरेपछि थापाले नैतिक जिम्मेवारी लिदै पदबाट राजिनामा दिएका हुन् । थापाले राजिनामा उपसभापति विश्वप्रकाश शर्मालाई बुझाएका छन् । उनको राजिनामा पार्टीमा स्वीकृत हुने नहुने औपचारिक निर्णय भने भईसकेको छैन। उनको राजीनामाबारे चैत्र ६ गते बोलाईएको केन्द्रीय कार्यसमिति बैठकमा छलफल…