काठमाडौँ । मध्यपूर्वी क्षेत्रमा उत्पन्न पछिल्लो तनावका कारण अलपत्र अवस्थामा परेका नेपाली नागरिकको विवरण संकलन र आवश्यक सहयोग तथा उद्धारका लागि परराष्ट्र मन्त्रालयले अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ। यो पोर्टल युनाइटेड अरब इमिरेट्स (युएई), ओमान, बहराइन, कतार, साउदी अरब लगायतका खाडी क्षेत्रका देशमा रहेका नेपाली नागरिकका लागि लक्षित गरिएको छ। सम्बन्धित देशस्थित नेपाली दूतावासहरूले सबै…