गुल्मी। आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गुल्मी जिल्लामा आवश्यक संख्यामा निर्वाचन प्रहरी नपुग्दा आवेदन दिने म्याद दुई दिन थप गरिएको छ। नेपाल प्रहरीअन्तर्गत जिल्लामा १ हजार ६९५ जना निर्वाचन प्रहरी आवश्यक परे पनि हालसम्म १ हजार १२८ जनाबाट मात्र आवेदन परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। तोकिएको कोटाभन्दा उल्लेख्य रूपमा कम आवेदन आएपछि शुक्रबार…