काठमाडौं। बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज नछुट्ने भएका छन् । बिहीबार तुलसीपुर उच्च अदालत, बुटबल इजलासले लामिछानेलाई थुनामुक्त गर्न आदेश दिए पनि आवश्यक कागजी प्रक्रिया मिलाउन भैरहवा जान पर्ने भएपछि उनी आज नछुट्ने भएका हुन् । स्रोतका अनुसार उनी भोलि बिहान फ्लाइटमार्फत भैरहवा…