काठमाडौं । नेपाल प्रथम ब्लाइन्ड महिला टी २० विश्वकप क्रिकेटको उपाधिबाट चुकेको छ । श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा आज भएको फाइनल खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ११५ रनको लक्ष्य भारतले १२ ओभरमा ३ विकेटको क्षतिमा भेट्यायो । भारतको जितमा पी सारिन (बी३)ले सर्वाधिक ४४ रन जोडिन्…