तिहारमा भाइमसलाको विशेष महत्व रहेको छ। दिदीबहिनीले दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका लगाएपछि उपहारस्वरूप भाइमसला प्रदान गर्ने चलन छ । यसमा मुख्यतया काजु, किसमिस, बदाम, ओखर, पेस्ता, नरिवलको टुक्रा, छोकडा जस्ता सुख्खा फलहरू (ड्राई फ्रुट्स) का साथै ल्वाङ, सुकमेल र मखना जस्ता मसलाहरू पनि समावेश गरिन्छ। भाइमसलामा समावेश गरिने यी सम्पूर्ण…