वर्ष २०८०: चलचित्रका लागि कस्तो रह्यो?

काठमाडौं । चलचित्र क्षेत्रका लागि वर्ष २०८० को सुरुआत राम्रो भयो। नयाँ वर्षको अवसरमा प्रदर्शनमा भएको ‘जारी’ दर्शक र निर्माता दुवैको अनुहारमा खुसी ल्याइदियो। उपेन्द्र सुब्बाको निर्देशक रहेको जारीमा लिम्बू संस्कृतिलाई आमदर्शकले बुझ्ने गरी पालम, युप्पारुङ, धान नाच, जाँड संस्कृतिलाई पटकथामा उनेर जारी प्रथाले पतिपत्नीबीचको सम्बन्धमा ल्याइदिने आरोहअवरोहलाई प्रस्तुत गरिएको थियो । चलचित्रले कूल रु…

Logo