मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन आज बेलुकी पशुपति क्षेत्रमा महादीपदान गर्न आउने भक्तजनसँग कुनै शुल्क नउठाइने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले शुल्क नलिने भए पनि केही मानिसले भक्तजनसँग शुल्क उठाउने गरेको सूचना पाएकाले महादीपदान छोडेर जाने भएमात्र कोषका तर्फबाट रु एक हजार पाँच सय पाँचको रसिद काट्न आह्वान गरिएको संस्कृति संरक्षण महाशाखा…