ताप्लेजुङ। ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले कोशी प्रदेशअन्तर्गत ताप्लेजुङ, तेह्रथुम र सङ्खुवासभाका प्रमुख पर्यटकीय गन्तव्य समेटेर ओलाङ्चुङगोला–सिङ्जेमा ताल–टिप्तला भञ्ज्याङ पर्यटन प्रवद्र्धन कार्यक्रम आयोजना गर्ने भएको छ । आगामी चैत २६ गतेदेखि ‘टिप्तलाबाट नयाँ वर्ष’ भन्ने नारासहित आयोजना गरिने उक्त कार्यक्रमको उद्देश्य यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा साहसिक पर्यटनको प्रवद्र्धन गर्नु रहेको सरोकार केन्द्रका अध्यक्ष बलबहादुर…