काठमाडौँ। आजदेखि ‘नेपाल उड अन्तरराष्ट्रिय प्रदर्शनी, २०२५’ सुरु भएको छ । भृकुटी मण्डपको प्रदर्शनी हलमा काठ, प्लाइउड, ल्यामिनेट तथा काठ प्रशोधन मेसिनरी क्षेत्रसँग सम्बन्धित ११औँ अन्तरराष्ट्रिय प्रदर्शनी सुरु आरम्भ भएको हो । प्रदर्शनीमा नेपालसहित भारत, चीन, मलेसिया, जर्मनी, ताइवानलगायत देशको सहभागिता रहने आयोजकले जनाएको छ । ‘फ्युचरेक्स टे«ड फेयर एण्ड इभेन्टस् प्रालि’ र ‘मिडिया स्पेस…