पोर्चुगलका युरोप सह-संयोजक तिलक गैरेले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आईसिसि सह-कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी १७-२० अक्टोबर हुने ११ औँ महाधिवेशन र संघको २०२३-२५ कार्यकालका लागि उनले सह कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्। नेपाली नारी समाज र महिला समाज पोर्चुगलले लिस्बनमा आयोजित संयुक्त अधिवेशनको अवसरमा गैरेले सह- कोषाध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा…