सागर ग्रुपले नेपालमा पहिलोपटक टोनर बक्स सिरिज अन्तर्गतका विभिन्न मोडलका प्रिन्टर भित्र्याएको छ । सो ग्रुपले नेपाली बजारमा ब्रदरका तीन वटा सिरिजको ६ वटा नयाँ मोडलका प्रिन्टरहरु भित्र्याएको हो । बजारमा हाल ब्रदरको DCP-B7620DW, DCP-B7640DW, MFC-B7810DW, HL-B2100D, HL-B2150W र HL-B2180DW मोडलको प्रिन्टर उपलब्ध छ । फरक–फरक क्षमताका उच्च गुणस्तरयुक्त यी प्रिन्टरहरु आधुनिक फिचरले सुसज्जित छन्…