कञ्चनपुर । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिल्लाको मझगाउँ विमानस्थल पुनःनिर्माणको काम अगाडि बढाउन माग गर्दै ध्यानाकर्षणपत्र बुझाइएको छ । विमानस्थल पुनःसञ्चालन समिति कञ्चनपुरका पदाधिकारीले उनलाई ध्यानाकर्षणपत्र बुझाएका हुन् । वातावरणीय प्रभाव मूल्याङ्कनका लागि वन तथा वातावरण मन्त्रालयले सहमति नदिँदा विमानस्थल पुनःनिर्माणमा ढिलाइ भरहेको भन्दै सो कार्य तत्काल अगाडि बढाउन आग्रह गरिएको कञ्चनपुर होटल…