काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिबार जलवायु अभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण ऋण खारेज गर, जलवायु वित्त भूक्तानि गर…