काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।…