नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले १६औं संस्करणको नाडा अटो शो २०२४ घोषणा गरेको छ । बुधबार पत्रकार एक सम्मेलन आयोजना गर्दै नाडाले भदौ ११ गतेदेखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शोको आयोजना हुने जानकारी गराएको हो । यस वर्ष नाडा अटो शोमा टाटा।ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा छन्…