गलकोट (बागलुङ)। पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन्। वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन्। वैदेशिक रोजगारीमा जानेले पर्याप्त जानकारी नलिई, सीप नसिक्दै विदेश पुग्दा ठूलो दुःख कष्ट भोग्दै आएका छन्।…