पुस २८ गतेदेखि सुरु भएको सातौँ म्याग्दी महोत्सव, माघे सङ्क्रान्ति मेला एवम् गण्डकी प्रदेशस्तरीय कृषि, औद्योगिक व्यापार मेला रु १० करोडको कारोबार गर्दै शनिबार सम्पन्न भएको छ । उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाम बेनीको खुलामञ्चमा १० दिनसम्म चलेको उक्त मेलामा करिब रु १० करोडको कारोबार भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताए । अध्यक्ष…