अटोमोवाईल्स एशोसिएशन अफ नेपाल (नाडा)का अध्यक्ष धुब्र थापाले विद्युतीय सवारी साधनको महत्व बढ्दै गएको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा बिहीबार सुरु भएको ४ दिने नाडा ईभी एक्स्पोको अवसरमा अध्यक्ष थापाले विद्युतीय सवारी साधनको प्रयोगले प्रदुषण कम गर्ने मात्र नभई विद्युत खपतमा समेत सहयोग पुग्ने बताएका हुन् । ‘नेपालमा पहिलो पटक भृकुटी मण्डपमा शुरुवात भएको छ,’ उनले…