काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा ईभी एक्स्पो २०२२ मा अवलोकनकर्ताको भीड लागेको छ । पछिल्लो समय विश्वभर बजार लिँदै गरेका विद्युतीय कारको प्रदर्शनीमा उपभोक्ताको आकर्षण बढेको हो । एक्पो सोमबारसम्म जारी रहनेछ । नाडाका अनुसार विद्युतीय सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको वृहत् प्रदर्शनीका रूपमा यो एक्स्पो आयोजना गरिएको हो । …