भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको मूल्य बढाएर नयाँ सूची पठाएको छ। आइतबार आएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४.८४ रुपैयाँले बढेर १८३ रुपैयाँ २ पैसा पुगेको छ। यस्तै डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ ०८ पैसाले बढेर १८३ रुपैयाँ १३ पैसा पुगेको नेपाल आयल निगमले जानकारी दिएको छ। विगतमा डिजेलभन्दा पेट्रोलको खरिद लागत…