नेपाल धितोपत्र बाेर्डकाे अध्यक्षका लागि तीन जनाकाे नाम सिफारिस भएको छ। साेमबार बसेकाे सिफारिस समितिकाे बैठकले कृष्णराज पाेखरेल, डा. गाेपाल भट्ट र रमेश हमालकाे नाम सिफारिस गरेकाे हाे। अध्यक्षका लागि १५ जनाकाे आवेदन परेकाेमा छनाेट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वार्ताका लागि बाेलाएकाे थियाे । अन्तर्वार्तामा बाेलाइएका मध्ये निरज गिरि र खगेन्द्र कटुवाललाई पछि…