यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले यसअघि सवारी अनुमतिपत्र (लाइसेन्स) निकाल्न प्रयोगात्मक परीक्षा (ट्रायल) दिँदा आफ्नो गाडी (साधन) प्रयोग गर्न नपाउने नीति परिवर्तन गर्न तयारी थालेको छ। अहिलेसम्म ट्रायल सेन्टर सञ्चालन गर्ने निजी कम्पनीकै साधन चलाएर ट्रायल दिनु पर्ने नियम संशोधन गर्दै कार्यालयले आफ्नै साधन चलाउने व्यवस्था मिलाउन तयारी थालेको हो। आफ्नो गाडी हुँदाहुँदै कम्पनीकै गाडी…