आन्तरिक उडानको हवाई भाडा बढेको छ। हवाई इन्धनमा खर्च (फ्यूल सजचार्ज) बढ्दा हवाई भाडा पनि बढेको हो। वायुसेवा सञ्चालक संघले बुधबार एक सूचना जारी गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ। आन्तरिक उडानतर्फ न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ४४० रुपैयाँसम्म भाडा बढेको संघले जानकारी दिएको छ। काठमाडौं-धनगढी हवाई भाडा सबैभन्दा बढी ४४० रुपैयाँ बढेको छ। यो रुटमा…