काठमाडौं । बैंक तथा वित्तीय क्षेत्रमा लामो अनुभव संगालेका रामकृष्ण खतिवडा एनआईसी एसिया बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका छन्। बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो। चार्टर्ड फाइनान्सियल एनालिस्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, ऊर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी)…