काठमाडौं ।तीन महिनादेखि लगाताररुपमा बजारमा खाद्यान्न र खानेतेलमा मूल्य बढिरहेको छ । अहिले बजारमा भटमास र सूर्यमुखी तेलको मूल्य विभिन्न ब्राण्डको नाममा मनपरी ढंगले वृद्धि भएको छ । तर अनुगमनकारी निकाय तीन महिनासम्म पनि मुकदर्शक बनेर बसेको छ ।त्यतिमात्रै होइन नेपाली जनतालाई सर्वसुलभ बजारको व्यवस्था गर्ने अठोट राखेका नेताहरु पद र आन्तरिक खिचातानीमा लागेका छन्…