बाग्लुङ ।सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ ।तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ ।सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नु पर्ने व्यवस्था गरेको छ । समितिले सडकको अवस्था, यातायात व्यवसायीको…