झापा । भद्रपुरलाई भारतको सीमावर्ती सहर गलगलियासँग जोड्ने मेची पुलको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको ‘नेपाल पार्क’ नयाँ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । भद्रपुर नगरपालिका–७ स्थित मेचीपारिको नेपाली भू–भागमा अवस्थित यो पार्क भारतका पश्चिम बङ्गाल र विहार प्रान्तबाट नेपाल भित्रिने मुख्य नाकामै निर्माण गरिएको हो । पार्कमा नेपाल अङ्कित अक्षरको कलात्मक आकृति, भगवान गौतम बुद्धको…