काठमाडौं, २०७६ मंसिर २४ ।सरकारले घरजग्गा कित्ताकाँटमा कडाइ गरेसँगै देशभर कारोबार २० प्रतिशतले घटेको छ। काठमाडौं उपत्यकामा भने १७ प्रतिशतले बढेको छ। कारोबार घट्दा यसबाट उठ्ने राजस्व समेत प्रभावित भएको छ।घरजग्गा कारोबारको अभिलेख राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा घरजग्गा सम्बन्धी कारोबारबाट पाँच अर्ब ७२ करोड १० लाख रुपैयाँ…