काठमाडौँ,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिकाको चर्चा गर्दै प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्ने बताउनु भएको छ । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको शुक्रबार सम्पन्न आठौँ स्थापना दिवस र सातौँ वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “तपाईंहरुले दुःख आन्दोलन गरेर प्राप्त गरेको उपलब्धिलाई जोगाउन सबै सहकारीकर्मी एकजुट…