मिर्चैया नगरपालिकाले कर वृद्धि गरेको विरोधमा विगत एक महीनादेखि जारी आन्दोलन फिर्ता गरेको छ । नगरपालिका र आन्दोलनरत सर्वपक्षीय संयुक्त सङ्घर्ष समितिबीच बुधबार साँझ दुई बुँदे सहमतिपश्चात आन्दोलनका कार्यक्रम फिर्ता भएको हो ।आन्दोलनरत पक्षका सम्पूर्ण मागमा नगरपालिकाले छलफल गरी कर, राजश्व, शुल्क तथा दस्तुरको सम्बन्धमा संशोधित विषयवस्तुको कार्यान्वयन गराउन नगरसभाबाट अनुमोदन गराई मङ्सिर ५ गतेभित्र…