काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरीको सहायक ब्रान्ड ओमोडाका गाडीहरूको उपस्थिति नेपाली सडकमा बढ्दो छ । ओमोडाको आगमनले नेपालकाे विद्युतीय गाडीको बजारमा नयाँ उत्साह ल्याएको छ। यसले ग्राहकहरूलाई अन्य स्थापित ब्रान्डहरूको तुलनामा एउटा राम्रो विकल्प प्रदान गरेको छ। कम्पनीका अनुसार, ओमोडाले छोटो समयमै नेपालमा सयौं गाडीहरू बिक्री गरिसकेको छ, जसले नेपाली ग्राहकहरूमा यसको लोकप्रियता देखाउँछ।…