काठमाडौं । बीवाईडीको नयाँ इलेक्ट्रिक गाडी (ईभी) एटो १ नेपाली बजारमा भित्रिएको छ । आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५’मा बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडी एटो १ सार्वजनिक गरेको हो । वरिष्ठ कलाकार हरिवंश आचार्यको उपस्थितीमा उक्त गाडी सार्वजनिक गरिएको हो । बीवाईडी एटो १मा ४५ किलोवाटको मोटर र…