गुल्मी । गुल्मीमा व्यावसायिक कृषिकर्म गर्ने उत्कृष्ट कृषक सम्मान गरिएको छ । कृषि ज्ञान केन्द्रले चार विधामा उत्कृष्ट चार कृषकलाई नगदसहित सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा तरकारी विधामा रेसुङ्गा नगरपालिका–६ सिमाहाघाटस्थित नवोदय बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक रेणु सार्की, फलफूल विधामा धुर्कोट गाउँपालिका–२ पिपलधारास्थित मौरी तथा सुन्तला फर्मकी सञ्चालक रातादेवी खनाल छिन् । यसैगरी…