काठमाडाैं । प्रभु बैंक गण्डकी प्रदेशले मुस्ताङकाे घरपझोङ्ग गाउँपालिकामा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । यस कार्यक्रमको मुख्य उद्देश्य डिजिटल वित्तीय ज्ञानको प्रसार, डिजिटल ठगीबाट जोगिनका उपायहरूको बारेमा जनचेतना फैलाउने, र सर्वसाधारणलाई बचत गर्न, बजेटिङ र लगानीको अवधारणालाई विकास गर्नु रहेको बैंकले जनाएको छ । यस कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, स्थानीय…