बीमा प्राधिकरणकाे सञ्चालक समिति सदस्य पोखरेलद्वारा सपथ ग्रहण

बीमा प्राधिकरणकाे सञ्चालक समिति सदस्य पोखरेलद्वारा सपथ ग्रहण

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको नवनियुक्त सदस्य राधा पोखरेलले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छिन् । 

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा पोखरेलले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ सपथ लिएकी हुन् ।  पोखरेललाई गत फागुन २८ गते पोखरेललाई बीमा प्राधिकरणको सञ्चालक समिति सदस्यमा नियुक्त गरिएको थियो । 

सो अवसरमा अर्थमन्त्री पौडेलले बीमा क्षेत्रमा कोही व्यक्ति पीडित हुन नहुने बताए । ‘कुनै पनि व्यक्तिले अन्यथा गर्न नपाउने व्यवस्था हुनुका साथै बीमा क्षेत्रमा नयाँ योजनाका साथ अघि काम गर्न जरुरी छ,’ उनले भने ।  

पोखरेल विशाल बजार कम्पनीको सञ्चालकमा छिन् । पोखरेल नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष पनि हुन् ।

Skip This
Skip This
Logo