बुवाको किरिया बसिरहेका दरेशले दिए एसईई परीक्षा

लमजुङ । आइतबारदेखि सुरु भएको एसईई परीक्षामा किरियापुत्रीले समेत सहभागी भएका छन् । बेंसीसहर नगरपालिका ७ का दरेश पौडेलले परीक्षा दिएका हुन् ।लमजुङको बेंसीसहर बजारस्थित जनविकास मावि केन्द्रबाट चितवनको रत्ननगर नगरपालिकास्थित श्रीराम बैद्धिक संस्कृत मंगलम गुरुकुलमा अध्ययनरत दरेशले परीक्षा दिएका हुन् ।उनका बुवाको केही दिनअघि निधन भएको थियो । बाबुको निधनपछि उनी किरिया बसेका थिए…

Logo