काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले आफ्नो वार्षिक 'एलुम्नी मिट–२०२६' शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न गरेको छ। कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा देशभरका विभिन्न क्षेत्रमा स्थापित कलेजका पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। मध्य-पश्चिम विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. उपेन्द्रकुमार कोइरालाकाे प्रमुख आतिथ्यमा औपचारिक उद्घाटन…